Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२६, पौष २०८०
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बिहिबार) सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ४२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - १२:०४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology