Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुन र चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२, माघ २०८०
सुन र चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । मंगलबार सुन र चाँदी दुबैको भाउ घटेको छ। मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

images
प्रकाशित मिति :माघ २, २०८० मंगलवार - ११:२८:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology