Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नमस्ते र निजगढ एफसी पहिलोपटक दोस्रो ल्होछर कप उदघाटन खेलमा भिड्दै

नमस्ते र निजगढ एफसी पहिलोपटक दोस्रो ल्होछर कप उदघाटन खेलमा भिड्दै

दैनिकी न्यूज

१८, माघ २०८०
नमस्ते र निजगढ एफसी पहिलोपटक दोस्रो ल्होछर कप उदघाटन खेलमा भिड्दै
images

बारा । ग्रामिण विकास एफ.सी. कोलगाऊँ र नमस्ते फुटबल क्लब पहिलोपटक निजगढ लाल बुद्धचोक खेलमैदानमा उदघाटन खेल खेल्न उत्रिदैं छ ।
ग्रामीण विकास एफ.सी. निजगढ र नमस्ते फुटबल क्लब सर्लाही यी दुईको उदघाटन प्रतिष्पर्धा दोश्रो ल्होछर कपको पहिलो हो ।
यस अघि यी दुई बीच कुनै पनि खेलमा प्रतिस्पर्धा भएको छैन । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु. १ लाख १० हजार ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।
यस्तै, उपविजेताले रु. ५५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।
व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु. ५ हजार नगद र अकर्षक ट्रफी पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्डलाई जनही ३ हजारसहित अकर्षक ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेलाडीहरुको कुनै दुर्घटना बीमा गरिएको छैन भने मैदानमा प्राथमिक उपचारको व्यवस्था मिलाएको छ ।
फुटबल खेलको माध्यमबाट ल्होछरलाई देश तथा विदेशमा चिनाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य रहेको छ भने युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने मुख्य उद्देश्य राखिएको आयोजकको जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - ०८:०८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology