Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२२, माघ २०८०
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ५ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार १२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ११:११:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology