काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औँ स्थापना दिवस मनाउँदै छ ।
‘सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ अख्तियारले आफ्नो स्थापना दिवस मनाउन लागेको हो।
सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो।
अख्तियारले आफ्नो हटलाइन नम्बर, अनलाइनदेखि हुलाक र विभिन्न सामाजिक सञ्चालनमार्फत समेत उजुरी र गुनासो संकलन गर्दै आएको छ।
आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्दै आइरहेको छ।
चालू आ व २०८०–८१ को १४ हजार ७८० उजुरी दर्ता भएका छन् ।