Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

दैनिकी न्यूज

७, फाल्गुण २०८०
वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु
images

काठमाडौं । धार्मिक तनाव बढ्न थालेपछि पर्साको सदरमुकाम वीरगन्जमा सोमबार अपरान्ह ५ देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना निकालेर वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो।

रौतहटको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद चलेको थियो।

त्यही विवादको असर वीरगन्जमा पनि देखिएपछि सोमबार दुई अलग समुदायबीच ठाउँ ठाउँमा झडप भएको हो।

झडपले स्थिति तनावपूर्ण भएपछि कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

प्रशासनले वीरगन्जको सीमाक्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुलभित्र कर्फ्यु लगाएको हो।

सोमबार दिउँसो हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा प्रहरीसँग झडप भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - १९:०६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology