Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नामिबिया विरुद्ध नेपालले ब्याटिङ गर्ने

नामिबिया विरुद्ध नेपालले ब्याटिङ गर्ने

दैनिकी न्यूज

९, फाल्गुण २०८०
नामिबिया विरुद्ध नेपालले ब्याटिङ गर्ने
images

काठमाडौं । आईसीसी विश्वकप लिग टूमा नेपालविरुद्ध नामिबियाले टस जितेको छ । बुधबार कीर्तिपुर मैदानमा नेपालविरुद्धको खेलमा नामिबियाले टस जितेको हो । नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

नेपालको प्लेईङ ११ को कप्तान रोहित सहित कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, कुशल मल्ल, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, करन केसी, सोमपाल कामी र ललित राजवंशी परेका छन् ।

लिग टूको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित बनेको थियो । पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको जित दर्ता गरेको थियो ।

लिग टूको तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो । लिग टूको तालिकामा दुवै टिम दोस्रो जित गर्ने लक्ष्यमा रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - ०९:२४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology