Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२०, फाल्गुण २०८०
सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउ आज ३० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३ हजार ७४० सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ १ लाख ३ हजार २२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १०:५१:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology