Logo

बुधवार, श्रावण २७ गते २०८३

images

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै

दैनिकी न्यूज

२०, फाल्गुण २०८०
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै
images

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज सकिँदै छ ।

राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारणका क्रममा छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज रातिबाट सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।

आज पदावधि सकिन लागेकामा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन् ।

आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । सो निर्वाचनबाट चुनिएका सांसदहरूको सोमबार शपथग्रहणको कार्यक्रम रहेको छ । बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

को हुन् पदावधि सकिनेहरू ?
नेकपा एमालेः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल ।

नेपाली कांग्रेसः रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव ।

नेकपा (माओवादी केन्द्र): विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी ।

नेकपा (एकीकृत समाजवादी): नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा

जसपाबाट प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - ११:२४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology