Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न

दैनिकी न्यूज

२९, फाल्गुण २०८०
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न
images

काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल केन्द्रीय समितिको विस्तारित बैठकले देशका सात वटै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।

सोमबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको सो बैठकले प्रत्येक मण्डलीमा सचेतना तथा स्थानिय तहसम्म संगठन विस्तार गर्ने समेत निर्णय गरेको छ ।

विस्तारित बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष सिबी गहतराजले “हाम्रो अभियान, नेपाली ख्रिष्टियन समुदायको स्वाभिमान र पहिचान” भन्ने मुल नारालाई सार्थक बनाउन प्रत्येक विश्वासी एकजुट भएर लाग्न निर्देशन दिए ।

अध्यक्ष गहतराजले नेपालभित्र साथै विश्वभरी छरिएर रहेका नेपाली भाषी ख्रिष्टियन समुदायको हक हितको लागि आफूहरु सधै प्रतिबद्ध रहने बताए ।

सह–अध्यक्ष सुजना बस्नेतले नयाँ जिम्मेवारी पाउने सबैलाई बधाई तथा शुभकामना दिँदै पछिल्लो समयमा महासंघप्रति बजारमा अनावश्यक होहल्ला र गलत टिकाटिप्पणीहरुप्रति कोही पनि भ्रमित नहुन समेत आग्रह गरिन् ।

विस्तारित बैठकका निर्णयहरु सार्बजनिक गर्दै महासचिब एल।एम।जेम्स आलेले नयाँ परिस्थिति अनुसार ख्रिष्टियनहरु चल्नु पर्ने र आफ्नो धर्मशास्त्रले निर्देशित गरेका मूल्य, मान्यता र आदर्श विरुद्ध कोही पनि जान नहुने बताए । आलेले सात वटै प्रदेशमा संयोजकको जिम्मेवारी पाएका प्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफ्नो काम कर्तब्यप्रति निष्ठावान भई अघि बढ्न निर्देशन समेत दिए ।

महासंघका कानुनी सल्लाहकार अधिवक्ता चेत बहादुर आलेले महासंघ अध्यक्षको विषयमा गलत तथा भ्रामक प्रचारबाजी भइरहेको प्रति कोही पनि अल्मलिन नहुने बताउँदै भने,“महासंघको विधि–विधान र महाधिवेशनद्वारा निर्वाचित चरिबहादुर९सिबी० गहतराज नै अहिलेसम्मको वैधानिक अध्यक्ष हुुनुहन्छ, कसैले कानून र विधान विपरित सडकबाट हल्ला गरेकै भरमा नेतृत्व फेरिदैन ।”

सो बैठकले राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल र नेपाल सरकारबीच भएको ३ बुँदे र ६ बुँदे सहमति प्रष्ट पार्दै प्रदेश र जिल्लास्तरीय भेला गरी संगठन विस्तार गर्ने निर्णय गरेको छ । महासंघको दर्शनमा रहेर बैठकले निर्दिष्ट कार्यक्रमहरुलाई कार्यान्वयनका निम्ति प्रत्येक मण्डलीमा सचेतना, जनचेतनामुलक कार्यहरु पनि गर्ने निर्णय सार्बजनिक गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - ०७:१२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology