Logo

बुधवार, श्रावण २७ गते २०८३

images

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

दैनिकी न्यूज

२९, फाल्गुण २०८०
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
images

काठमाडौं– राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदैछ । आज बिहान ११ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्दप्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

यस्तै गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षता गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यसअघि संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन्। त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन्।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्ष सहित १८ सदस्य छन्। एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन्।

राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन्। फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित निश्चतप्राय छ । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन्।

images
प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - ०७:३४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology