काठमाडौं । लोक सेवा आयोगले खरिदारमा दरखास्त आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरहका पदमा आवेदन आह्वान गरेको हो ।
सूचनामा आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने उल्लेख छ ।
आयोगका अनुसार लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने छ । यही चैत २० सम्म दरखास्त दिन सकिने छ । त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।
आयोगले परीक्षा मिति पनि तोकेको छ । जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सीप परीक्षण आगामी वैशाख २९ गते बिहान ११ बजे हुनेछ ।
त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने आयोगको सूचनामा छ ।