Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सरकारी कर्मचारी नै ठेक्कापट्टामा

सरकारी कर्मचारी नै ठेक्कापट्टामा

दैनिकी न्यूज

५, चैत्र २०८०
सरकारी कर्मचारी नै ठेक्कापट्टामा
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।​

उनीविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गर्दै आइतवार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत कार्य गरी व्यापार व्यवसाय गरेका थिए ।

उनले सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनामा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

कानूनी प्रावधान विपरीत नेपाल टेलिकमको स्वीकृतिविना निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा काम गर्दै आएका थिए ।

उनले उक्त कम्पनीमा काम गरेर पारिश्रमिकबापत रकम बुझेको तथा विभिन्न ठेक्का पट्टा समेतमा सामेल भई पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट १ करोड १६ लाख आय प्राप्त गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०७:३२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology