Logo

बुधवार, श्रावण २७ गते २०८३

images

हाजिरी जमानीमा छुटे पूर्व सभामुख महरा

हाजिरी जमानीमा छुटे पूर्व सभामुख महरा

दैनिकी न्यूज

९, चैत्र २०८०
हाजिरी जमानीमा छुटे पूर्व सभामुख महरा
images

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । उनलाई गत सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारततर्फ भाग्दै गरेका बेला कपिलवस्तुबाट नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई उनका जेठा छोरा निर्मलको जिम्मा लगाइएको छ । कान्छा छोरा राहुल भने सात महिना अघिदेखि सुन तस्करी प्रकरणकै अनुसन्धानमा क्रममा थुनामा छन् ।

महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानीमा छाडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य अवस्था कमजोर भएको भन्दै हिरासतमा बस्नुपर्ने उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १९:०३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology