Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सर्वाधिक राशीको भलिवल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सर्वाधिक राशीको भलिवल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने

दैनिकी न्यूज

२६, चैत्र २०८०
सर्वाधिक राशीको भलिवल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने
images

विजय खड्का/ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिवल प्रतियोगिता गर्ने भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिष्ठानले स्व।प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीय स्तरमा संयोजनको गर्ने भएको छ ।

२०८१ बैशाख २२ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख रुपैयाँ नगदसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोश्रोले २ लाख र तेश्रोलाई १ लाख रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद आयोजना संयोजक तथा महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले जानकारी दिइन् ।

उनले भनिन् ‘ राजधानीको नजिक भएर पनि महांकाल गाउँपालिका र आसपासका क्षेत्रहरु अझै विकासका गतिले पछि परेको अवस्थामा छन् । प्रतियोगिताका कारण यस क्षेत्रको प्रचार प्रसार भई पर्यटनको विकास हुने छ ।’

बागमती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगितामा निमन्त्रणा गरेको र खेल लिग कम नक आउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

आयोजक प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खेलकुदले स्थानीय तहको सर्वाङ्गिण विकास गर्ने भएका कारण प्रतियोगिता आयोजना गरेको बताइन् । स्थानीय सरकारले खेल र स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीले बताइन् ।

प्रतियोगिता सञ्चालन समितिका आयोजनाको सह–संयोजक कविराज मालाकारले ‘भलिबल प्रतियोगिताले प्रदेशभर नयाँ खेलाडीहरु उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - ०९:०३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology