Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सात सयले बढ्यो सुनको भाउ

सोमबार सात सयले बढ्यो सुनको भाउ

दैनिकी न्यूज

३, बैशाख २०८१
सोमबार सात सयले बढ्यो सुनको भाउ
images

काठमाडौं । आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - ११:३१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology