काठमाडौं । आज (शुक्रबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ। बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि २ हजार ३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ ५० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।