Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सुनको भाउले आज पनि बनायो रेकर्ड

सुनको भाउले आज पनि बनायो रेकर्ड

दैनिकी न्यूज

१, श्रावण २०८१
सुनको भाउले आज पनि बनायो रेकर्ड
images

काठमाण्डौ । घरेलु बजारमा आज (मंगलबार) सुनको हालसम्मकै उच्च भाउ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाल सुनको भाउ १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ११:११:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology