Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउले आज पनि बनायो रेकर्ड

सुनको भाउले आज पनि बनायो रेकर्ड

दैनिकी न्यूज

१, श्रावण २०८१
सुनको भाउले आज पनि बनायो रेकर्ड
images

काठमाण्डौ । घरेलु बजारमा आज (मंगलबार) सुनको हालसम्मकै उच्च भाउ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाल सुनको भाउ १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ११:११:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology