काठमाडौं । घरेलु बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ । गत शुक्रबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको भाउ १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार तेजावी सुनको भाउ प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कायम थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।