Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दुई दिन रात्री बस नचलाउन आग्रह

दुई दिन रात्री बस नचलाउन आग्रह

दैनिकी न्यूज

११, आश्विन २०८१
दुई दिन रात्री बस नचलाउन आग्रह
images

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १० गते बिहीबारदेखि १३ गते आइतबारसम्म चार दिन भारी वर्षाको प्रक्षेपण सहित जोखिम रहेको जनाएको छ । यसले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउने आग्रह गरेको हो ।

त्यस्तै प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत आग्रह गरेको छ ।

त्यस्तै पहिरोको जोखिम रहेका र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवंम् स्वयंसेवकहरू तयारी अवस्थामा रहन लगायतका सूचना जारी गरिएको छ ।

अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न समेत अनुरोध गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ०९:३०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology