Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

दैनिकी न्यूज

११, आश्विन २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड
images

काठमाडौं । धातु सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । विगत छ दिनदेखि सुनको भाउ निरन्तर बढिरहेको छ । यो दिन पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलमा ५०० रुपैयाँ बढेको छ । यो दिन सुनको भाउ प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ भने प्रतितोला १ हजार ९५५ रुपैयाँमा स्थिर छ ।

महासंघका अनुसार यो दिन आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३८ हजार २०५ रुपैयाँ छ ।यसैगरी १० ग्राम चाँदीको भाउ १ हजार ६७६ रुपैयाँ तोकिएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ११:५७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology