Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अख्तियारको फन्दामा

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अख्तियारको फन्दामा

दैनिकी न्यूज

९, कार्तिक २०८१
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अख्तियारको फन्दामा
images

काठमाडौं । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह घुससहित बिहीबार पक्राउ परेका छन्।

उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको थियो।

सो अनुसन्धान गर्ने क्रममा आयोगको हेटौंडाबाट खटेको टोलीले सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनलाई कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालय जाने बाटोबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा भनिएको छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ०७:४७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology