Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सिमरामा कर सप्ताहको शुरुवात, व्यवसायीले मागे एकद्वार कर प्रणाली

सिमरामा कर सप्ताहको शुरुवात, व्यवसायीले मागे एकद्वार कर प्रणाली

दैनिकी न्यूज

२, मंसिर २०८१
सिमरामा कर सप्ताहको शुरुवात, व्यवसायीले मागे एकद्वार कर प्रणाली
images

सिमरा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले करमा एकद्वार प्रणाली लागु गर्न सरकारसंग माग गरेका छन् ।

शनिवार राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय सिमराले आयोजना गरेको कर सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले सरकारको कर नीतिका कारण व्यवसायी धाराशायी बन्दै गएको गुनासो गरे । तीन तहका सरकारको तीन थरीको कर नीति अव्यवहारिक रहेको बताउँदै लामिछानेले संघीय सरकारले व्यवसायीमैत्री कर नीति तर्जुमामा ध्यान दिन आवश्यक रहेको बताए ।

आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले सरकारले विगतको भन्दा २३ प्रतिशत बढी कर संकलनको लक्ष्य सिमरालाई दिएकाले यहाँका व्यवसायीलाई करको दायरामा आइ सहयोग गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर सप्ताहका सबै कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा चेम्बर्स अफ कमर्स बाराका अध्यक्ष बाराका अध्यक्ष रुपेश पोखरेल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन ब्यवसायी संघका कार्यवाहक अध्यक्ष शम्भुकुमार खड्गी लगायत यहाँका उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो । उद्घाटन अघि सिमरामा प्रभातफेरीको आयोजना गरिएको थियो ।

images
प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - ०७:३४:४५ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology