Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी

दैनिकी न्यूज

१८, मंसिर २०८१
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी
images

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की देवकी तिमल्सिना निर्वाचित भएकी छन्।

एक हजार ६३६ मतसहित तिमल्सिना उपाध्यक्ष निर्वाचित भएकी हुन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत ल्याइन्। एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरिन् ।

यसअघि सर्केगाड गाउँपालिका नेकपा (माओवादी केन्द्र) कै चन्द्रसिंह कार्की थिए। सवारी दुर्घटनामा उनको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।FB_IMG_1732672272382-300x225.jpg

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ६ मांखामा जन्मिएकी देवकी तिमल्सिना २०५२ सालमा सुरु भएको दशक लामो जनयुद्धका दौरान चर्चित कलाकारका रूपमा स्थापित थिइन । जनयुद्धकै क्रममा उनले हुम्लाका पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिईन । शान्ति प्रक्रियापछि उनले कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छन्।

images
प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - ११:०४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology