Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पूर्वगृहमन्त्री लामिछाने आज काठमाडौँ जिल्ला अदालत हाजिर हुँदै

पूर्वगृहमन्त्री लामिछाने आज काठमाडौँ जिल्ला अदालत हाजिर हुँदै

दैनिकी न्यूज

२८, पौष २०८१
पूर्वगृहमन्त्री लामिछाने आज काठमाडौँ जिल्ला अदालत हाजिर हुँदै
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालत हाजिर हुँदैछन्।

Lalitpur.gif

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका लागि उनी काठमाडौँ जिल्ला अदालत हाजिर हुने भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनी गत पुस २५ गते धरौटीमा रिहा भएका थिए।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ।

रुपन्देहीमा भने प्रहरीले मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ०८:४४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology