Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विप्लव नेकपा ललितपुरले मनायो जनआन्दोलन दिवस, यथास्थिति र प्रतिगामी षड्यन्त्र दुवै अमान्य हुने उद्घोष

विप्लव नेकपा ललितपुरले मनायो जनआन्दोलन दिवस, यथास्थिति र प्रतिगामी षड्यन्त्र दुवै अमान्य हुने उद्घोष

कृष्णप्रसाद घिमिरे

२५, चैत्र २०८१
विप्लव नेकपा ललितपुरले मनायो जनआन्दोलन दिवस, यथास्थिति र प्रतिगामी षड्यन्त्र दुवै अमान्य हुने उद्घोष
images

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जनआन्दोलन दिवसको सन्दर्भमा 'दलाल संसदीय पुँजीवाद तथा प्रतिगामी षड्यन्त्रको विरुद्ध विरोध प्रदर्शन सहित कोणसभा' कार्यक्रम सम्पन्न गरेको छ।

चैत्र २४ गते ३५ओैं जनआन्दोलन दिवसको सन्दर्भ पारेर ललितपुरको लगनखेलमा यथास्थितिवाद र प्रतिगमनकारी सड्यन्त्रको विरुद्ध नेकपाले लगनखेल परिक्रमा सहित कोण सभा गरि विरोध प्रदर्शन गरेको हो ।

1afba0ef-261c-43df-b621-0b25daf05daf.jpeg

नेकपा जिल्ला कमिटी ललितपुर आयोजक रहेको कार्यक्रमको सभापतित्व केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी ललित सीले गरेका थिए । विरोध प्रदर्शन कार्यक्रममा नेकपाका ललितपुर जिल्ला इन्चार्ज विपिन सी को प्रमुख आतिथ्यता रहेको थियो भने ललितपुर जिल्ला कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य रत्न सी , वैकल्पिक केन्द्रीय परिषद् सदस्य अनुप सी को विशेष उपस्थिति रहेको थियो । जिल्ला स्तरीय पार्टीको सहायक संगठन, मोर्चा, जिल्ला कमिटी सदस्यलगायत उल्लेख्य जनसहभागितामा विरोध सभा भएको हो । विरोध प्रदर्शन कार्यक्रम संचालन केन्द्रीय परिषद् सदस्य तथा महानगर इन्चार्ज बज्र सी ले गरेका थिए ।

विरोध प्रदर्शनमा सरकारका गलत क्रियाकलाप तथा सरकारको प्रतिशोधपुर्ण कदम र प्रतिगमनकारी हरुको पछिल्लो क्रियाकलापको विरोध र गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज विपिन सीले भने– 'जनआन्दोलन र जनयुद्धले एउटा वंशको शासन९राजतन्त्र०को अन्त्य गर्दै नेपाली जनतालाई केही महत्वपूर्ण राजनीतिकरसामाजिक अधिकार दिलायो। देशमा संसदीय पुँजीवादी गणतन्त्र स्थापना भयो। यो व्यवस्था राजतन्त्र भन्दा कयौं गुणा अग्रगामी र प्रगतिशील व्यवस्था पनि हो । तर दलाल पुँजीपति वर्गको हालीमुहाली, गणतन्त्रका प्रणालीगत सीमाहरु र यसका संचालकहरुको भ्रष्ट आचरणका कारण यो व्यवस्थालाई अपडेटरपरिस्कृत गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने विन्दुमा हामी आइपुगेका छौँ । गणतन्त्रका यहि सीमाहरुलाई देखाएर देशलाई पुरानो युगतिर९राजतन्त्र० फर्काउने केही प्रतिगामी तत्वहरुको षड्यन्त्र सफल हुँदैन। देश र जनता राजतन्त्र, राणा शासन तिर फर्कन चाहेका पनि छैनन, त्यो सम्भव हुने कुरा पनि होइन। बरु देशको राजनीतिकरआर्थिक संकटको निकास समाजवादले दिनेछ। नेपाली जनताले यो कुरा बुझ्न जरुरी छ। विप्लव नेतृत्वको नेकपाले यसको नेतृत्व गरिरहेको छ। सबैको साथ सहयोगको अपेक्षा गर्दछौं ' उनले सम्बोधन को क्रममा भने।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - ०७:५६:०८ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology