काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १९ हजार नाघेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो।
मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आर्थिक वर्षदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि भएको हो।
समितिले सरकारलाई सिफारिस गरेपछि न्यूनतम पारिश्रमिक बढेको हो। सिफारिस अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ। असार ३२ गतेसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।