Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पूर्वाधार संस्थाको दसैँको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

पूर्वाधार संस्थाको दसैँको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

११, आश्विन २०८२
पूर्वाधार संस्थाको दसैँको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
images

ललितपुर । गोदावरी नगरपालिका पूर्वाधार विकास संस्थाको आयोजनामा विजयादशमी र शुभ दिपावलीको अवसर पारेर शनिबार एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली समाजको सांस्कृतिक विविधता, धार्मिक आस्था र सामाजिक एकताको प्रतीकका रूपमा मनाइने महान् चाडहरूलाई उत्सवमय बनाउन तथा आपसी सद्भाव र समन्वयलाई सुदृढ गर्न उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको प्रारम्भमा संस्थाका सहकोषाध्यक्ष माधव पुडासैनीले अतिथिहरूलाई स्वागत गर्दै पर्वहरूले ल्याउने आध्यात्मिक र सामाजिक ऊर्जा समाजलाई अझ सबल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी निर्माण व्यवसायी संघ ललितपुरका अध्यक्ष पञ्चराम महर्जनले विजयादशमी, दिपावली र छठ पर्वले नेपालीहरूको जीवनमा आशा, उमंग र ऊर्जा भरिदिने उल्लेख गर्दै यस्ता अवसरहरूले समाजमा पारस्परिक प्रेम, सौहार्द र एकताको भावना अझ प्रगाढ बनाउने बताए । उनले पर्वका यिन क्षणहरूले सबैलाई सुख, शान्ति र समृद्धि दिलाओस् भन्ने शुभेच्छा व्यक्त गरे ।

कार्यक्रम संस्थाका अध्यक्ष ऋषि कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले सामुदायिक एकता र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका थिए ।

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १२:२६:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology