Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तिहार सम्पन्न, तराई–मधेशमा छठपर्वको रौनक सुरु

तिहार सम्पन्न, तराई–मधेशमा छठपर्वको रौनक सुरु

दैनिकी न्यूज

७, कार्तिक २०८२
तिहार सम्पन्न, तराई–मधेशमा छठपर्वको रौनक सुरु
images

काठमाडौँ । भाइटीका लगाइसकेसँगै यस वर्षको तिहार पर्व सम्पन्न भएको छ । तिहार सकिएसँगै तराई–मधेशका विभिन्न जिल्लामा अब छठ पर्वको तयारी र चहलपहल सुरु भएको छ ।

छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिन आरम्भ भई षष्ठीका दिन सूर्योपासना गरेर सम्पन्न गरिने पर्व हो । यस पर्वलाई स्वागत गर्न तराई–मधेशका पोखरी, नदी किनारा र घाटहरूमा सरसफाइ तथा सजावटको काम तीव्र रूपमा भइरहेको छ ।

मिथिलाञ्चल क्षेत्रको पौराणिक र सांस्कृतिक महत्त्व बोकेको वीरगञ्जमा रहेका घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर र रानीघाटलगायत स्थानमा स्थानीयवासीहरू सक्रिय रूपमा घाट सिँगार्ने र तयारी गर्ने कार्यमा जुटेका छन् ।

वीरगञ्जको घडिअर्वा पोखरीमा विगत दुई दशकदेखि निरन्तर रूपमा छठ पर्व मनाउने परम्परा रहेको छ । यस वर्षको मुख्य छठपर्व कात्तिक १० गते (कात्तिक शुक्ल षष्ठी)का दिन मनाइनेछ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०८२ शुक्रवार - ०६:२८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology