Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

२०, माघ २०८२
बढ्यो सुनचाँदीको भाउ
images

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको भाउ पनि बढेको छ । सोमबार तोलामा ५ हजार २ सय रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको भाउ २ लाख ४८ हजार ८८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५७४ रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - ११:०३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology