Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

दैनिकी न्यूज

२३, माघ २०८२
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?
images

काठमाडौं । स्थानीयय बजारमा सुनको भाउ आज पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ४ हजार २ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार २ लाख ९१ हजार रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउ ९ हजार ५ सयले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २७० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :माघ २३, २०८२ शुक्रवार - १३:५४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology