Logo

आइतवार, श्रावण २४ गते २०८३

images

“बिर्सु कसरी” सार्वजनिक

“बिर्सु कसरी” सार्वजनिक

दैनिकी न्यूज

७, बैशाख २०८३
“बिर्सु कसरी” सार्वजनिक
images

काठमाडौं । लोकप्रिय कलाकार नबराज गौतमको वास्तविक जीवन घटनामा आधारित लोक गीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतमा चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ।

गीतको शब्द रचना स्वयं नबराज गौतमकै रहेको छ भने संगित गायक मोतिराज खनालले तयार गर्नुभएको हो। गीतको सङ्गीत संयोजन ९एरेन्ज० महेन्द्र भण्डारीले गर्नुभएको छ, जसले गीतलाई अझ कर्णप्रिय बनाएको छ।

यस गीतको म्युजिक भिडियोमा नबराज गौतम, सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

भिडियो निर्देशन देवेन्द्र कुवरले गर्नुभएको हो। गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जहाँ सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङ गर्नुभएको छ। त्यस्तै, भिडियोको छायांकन दीपक गिरीले र सम्पादन राजेश कुमारले गर्नुभएको हो।

यो गीत नबराज गौतमको आफ्नै जीवन भोगाइमा आधारित वियोगान्त कथा बोकेको छ। आफ्नी प्रेमिकाको असामयिक निधनपछि उत्पन्न पीडा र सम्झनालाई गीतमार्फत मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गायक मोतिराज खनालले यसअघि पनि दर्जनौं गीतमार्फत श्रोताको मन जितिसक्नुभएको छ भने गायिका शान्तिश्री परियारका पनि थुप्रै हिट गीतहरू बजारमा आइसकेका छन्। अनुभवी कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :बैशाख ७, २०८३ सोमवार - १५:३६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology