Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जसलाई लकडाउन यता एकदिन फुर्सद मिलेन

जसलाई लकडाउन यता एकदिन फुर्सद मिलेन

दैनिकी न्यूज

२०, जेठ २०७७
जसलाई लकडाउन यता एकदिन फुर्सद मिलेन
images

ललितपुर । अरुलाई सहयोग कतिदिन गर्न सकिएला ? एकदिन, दुईदिन वा एक हप्ता ! आफ्नो काम छोडेर जोखिम मोल्दै त्यो भन्दा बढी सहयोग गर्न तत्पर रहने मानिस विरलै हुन्छन् । त्यसकारण सबैले भन्छन् अरुलाई सहयोग र सेवा गर्ने भनेको क्षणिक समय हो ।

तर, एकजना यस्ता सामाजिक अभियन्ता छन् जो जति सामाजिक काममा खटिए पनि थाक्दै थाक्दैनन् । उनी अरुको सेवा गर्नुलाई दायित्व ठान्छन् । त्यसैले त महामारीको बेला सर्वसाधारणको सेवामा तल्लीन छन् । उनी हुन्, गोदावरी क्षेत्रमा चिर परिचित व्यक्ति राज घिमिरे ।

महामारीको बेला स्थानीयले आफ्नो सुखदुःखको सारथिको रुपमा घिमिरेलाई पाएका छन् । अरुले गरिब र विपन्नलाई क्षणिक समय सहयोग गरेको बेला उनले निरन्तर सेवा गरिरहेका छन् ।

कोरोना भाइरसले सबैलाइ अति अफ्ट्यारो पर्दै गएको अबस्थामा गोदावरी नगरपालिका ३ मा बस्ने बासिन्दाहरुलाइ उनले खाद्यान्न लगाएत अन्य अभाब परेकालाई राहत बितरण गरेका थिए । गोदावरी नपाको कोरोना राहत कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका थिए ।

सामाजिक काम र जनताको सेवा निरन्तर गर्दै आएका उनले गोदावरी नगरपालिका ३ नंं वडा अध्यक्ष बाल मुकुन्द घिमिरेलाई आज पच्चीस हजारको चेक हस्तान्तरण गरेका छन् । उनले यो रकमले अब खाद्यान्न अभाब भएकालाइ चाडो राहत बितरण गर्न भन्दै यो सहयोग गरेका थिए ।

यसबाहेक उनले लकडाउनको समयमा जनचेतना फैलाउने, मास्क, सेनिटाइजर, पञ्जा, राहतसमेत वितरण गरेका थिए ।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १८:०५:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology