ललितपुर । आन्तरिक राजस्व विभागले जेठ २५ लाई तोकेको कर तिर्ने म्याद प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीको संकटका बेला राहत दिनुपर्नेमा व्यवसायीहरुलाई करको आतंक सिर्जना गरेको भन्दै तत्काल सम्वाद मार्फत अर्को मिति निर्धारण गर्न आह्वान गरेका छन् । सभापति देउवाले बुधबार एक विज्ञप्ती जारी गर्दै संकटको बेला सरकार अभिभावक बन्नुपर्ने बताए ।
आम नागरिक र व्ययवसायीहरुले प्रतिकुलता व्यहोरिरहेको अवस्थामा सहजीकरण गर्नुपर्ने जिम्मेवारीबाट सरकार विमुख भएको भन्दै सभापति देउवाले निर्धारित समयावधिभित्र कर तिर्ने अल्टिमेटम फिर्ता लिन सरकारलाई आग्रह गरे । सभापति देउवाले करदातालाई भद्र अवज्ञा आह्वान गरेका छन् ।