Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एकाबिहानै काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा वर्षा, सचेत रहन आग्रह, यस्तो छ तीन दिनको मौसम

एकाबिहानै काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा वर्षा, सचेत रहन आग्रह, यस्तो छ तीन दिनको मौसम

दैनिकी न्यूज

२३, जेठ २०७७
एकाबिहानै काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा वर्षा, सचेत रहन आग्रह, यस्तो छ तीन दिनको मौसम
images

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुासार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको अवस्था छ।

देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ २३ गते (शुक्रबार)

दिउँसोः  प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली  रही बाँकी भू-भागमा मौसम सामान्य बदली  रहनेछ। प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

रातीः  प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली  रही बाँकी भू-भागमा मौसम सामान्य बदली  रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भागका केही स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी  भू-भाग मा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

जेठ २४ गते (शनिबार)

दिउँसोः  प्रदेश १,२, र बागमती प्रदेशमा पूर्ण बदली  तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली  रही सुदुरपश्चिम प्रदेशमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, २, र बागमती प्रदेशमा केही स्थानहरुमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।  प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको   सम्भावना रहेको छ। 

जेठ २५ गते (आइतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - ०६:४८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology