काठमाडौँ । शुक्रबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट २ सय ७८ जना संक्रमित थपिएका छन् ।
योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ सय १२ पुगेको छ । तीमध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले दिएको जानकारी अनुसार सुनसरीका ८ जना, झापा १२, मोरङका ६ जना, अर्घाखाँचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना र सुनसरीका १३ जना रहेका छन् ।
त्यसैगरी कैलालीका ४ जना, अछामका १ जना, बझाङका १ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना, रामेछापका १ जना, गोरखाका १ जना, दाङका १ जना, सुर्खेतका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ।
स्वास्थ्य मन्त्रालयले आज सुर्खेतमा कोरोना संक्रमणका कारण एक जना युवाको मृत्यु भएको पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना भाइरससंक्रमणबाट मृत्यू हुनेको संख्या ११ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एक/एक गरी १० जनाको मृत्यु भएको थियो ।