Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

अधिकांश स्थानमा वर्षा, सचेत रहन आग्रह

अधिकांश स्थानमा वर्षा, सचेत रहन आग्रह

दैनिकी न्यूज

२४, जेठ २०७७
अधिकांश स्थानमा वर्षा, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ , गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम खालको बर्षा र प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ २४ गते (शनिबार)

दिउँसोः  प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली  तथा गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका  केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ बाँकी  प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको छ। 

रातीः  प्रदेश १ र बागमती प्रदेश मा पूर्ण बदली  तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको   सम्भावना रहेको छ। 

जेठ २५ गते (आइतबार)

दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली  रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम प्रदेश र प्रदेश २ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ  । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा,गण्डकी प्रदेश, प्रदेश ५ र २ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

जेठ २६ गते सोमबार)

दिउँसोः प्रदेश १, गण्डकी, बागमती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम प्रदेश, प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  वागमती प्रदेश, प्रदेश १ र २  मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरुमा अनि बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ०७:३६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology