Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

दैनिकी न्यूज

२४, जेठ २०७७
पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध
images

मकवानपुर । शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिएका छन् ।

हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १०:४९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology