जनकपुर । प्रदेश नं. २ का आर्थिक मामालिा तथा योजना राज्यमन्त्रीका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ को प्रदेशसभा बैठकअन्तर्गत चौथो अधिवेशनअन्तर्गत बैठक सञ्चालन हुनु अगाडि गत आइतवार, सोमवार र मंगलवार गरिएको परीक्षणमा स्वकीय सचिव र चालकमा कोरोना पुष्टि भएको हो।
प्रदेशसभाका सांसद, कर्मचारी, सुरक्षाकर्मी, तथा सहयोगीको स्वाब परीक्षणको क्रममा राज्यमन्त्री यादवका चालक र स्वकीय सचिवमा कोरोना संक्रमण भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
यस भन्दा अघि बिहीवार प्रदेशसभाका ५ जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रदेशसभा अन्तर्गत ४ सय ४३ व्यक्तिको स्वाब परीक्षण गरिएको थियो।