Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लगनखेल डाेजाेलाई जापान बस्ने कराते खेलाडीले दिए १ लाख १० हजार

लगनखेल डाेजाेलाई जापान बस्ने कराते खेलाडीले दिए १ लाख १० हजार

दैनिकी न्यूज

२६, जेठ २०७७
लगनखेल डाेजाेलाई जापान बस्ने कराते खेलाडीले दिए १ लाख १० हजार
images

ललितपुर । सिताेरियाे कराते डाेजाे लगनखेल शाखालाई जापान बस्ने कराते खेलाडीहरुले १ लाख १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

हाल जापानमा बस्दै आएका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु राजपाल कर्माचार्य, सुनिता महर्जन श्रेष्ठ (सुस्मा), सिहान पशुपति मुल्मी, सिहान रुपेश डंगोल, शम्भु के.सी, किरण डंगोल, डा. बलराम श्रेष्ठ र सन्तोष श्रेष्ठले डाेजाेलाई रकम उपलब्ध गराएका हुन् ।

काेराेनाकाे महामारीको कारण लकडाउन भएको समयमा राहत वितरण र खाना खुवाउने कार्यका लागि करातेका वरिष्ठ प्रशिक्षक तथा पूर्वअन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्यसमेतका व्यक्तित्वहरुले सहयोग गरेकाे राखेपका पूर्वकाेषाध्यक्ष, पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डाेजाेका संरक्षक मीनकृष्ण महर्जनले दैनिकी न्यूजलाई जानकारी गराए ।

लकडाउनकाे समयमा सुरुवाती दिनहरुमा ४६ दिनसम्म करिव २०० जनालाई दिनहुँ खाना खुवाउने कार्य गरेका थिए ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १९:००:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology