Logo

सोमवार, श्रावण २५ गते २०८३

images

न्युरोड लगाएतका क्षेत्रमा आज पनि पसल खोल्न प्रहरीद्वारा अवरोध

न्युरोड लगाएतका क्षेत्रमा आज पनि पसल खोल्न प्रहरीद्वारा अवरोध

दैनिकी न्यूज

२८, जेठ २०७७
न्युरोड लगाएतका क्षेत्रमा आज पनि पसल खोल्न प्रहरीद्वारा अवरोध
images

काठमाडौं । काठमाडौंको न्युरोड, असन लगाएतका क्षेत्रमा पसल खोल्न प्रहरीले आज पनि अबरोध गरेको छ ।

यसअघि बिहान ११ बजेसम्म पसल खोले पनि मंगलबारबाट भने प्रहरीले पसल खोल्न रोकेको थियो । बुधबार बिहान पनि पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् ।

पसल खोल्न रोकेपछि व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई ताला चाबी बुझाउने व्यवसायीहरुले बताएका छन् ।

लकडाउनको मिति थपिँदै गर्दा आफुहरु थप मर्कामा परेको भन्दै व्यापारीहरुले केहिदिन यता बिहानको समयमा पसल खोल्न सुरू गरेका थिए । प्रहरीले भन् सरकार कुनै नयाँ निर्देशन नदिएकाले लकडाउनमा कडाइ गरिएको बताएको छ ।

सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणागरेसँगै ती क्षेत्रका पसलहरु पूर्ण रुपमा बन्द भएका थिए । आज लकडाउनको ७८ औं दिन हो ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ०९:०३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology