Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार एकै दिन २ सय ७९ जना कोरोना संक्रमित थपिए, संक्रमित ४३ सय ६४ पुग्यो

बुधबार एकै दिन २ सय ७९ जना कोरोना संक्रमित थपिए, संक्रमित ४३ सय ६४ पुग्यो

दैनिकी न्यूज

२८, जेठ २०७७
बुधबार एकै दिन २ सय ७९ जना कोरोना संक्रमित थपिए, संक्रमित ४३ सय ६४ पुग्यो
images

काठमाडौ । बुधबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट २ सय ७९ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ सय ६४ पुगेको छ । जसमा पुरुष ४ हजार ५५ र महिला ३०९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २ सय ७९ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

आज मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौतहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

पिसिआरबाट १ लाख १० हजार ७४४ र आरडिटीबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७२ हजार २६६ रहेका छन् । त्यसैगरी आइसोलनमा रहनेको संख्या ३ हजार ६७५ जना रहेका छन् ।

आजसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । आजसम्म १५ जना कोरोनाबाट मृत्यू भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ६ सय ७४ (पुरुष ५९५ र महिला ७९) जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज ९० जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष २५७ र महिला २२ जना रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १६:२५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology