Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने

पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने

दैनिकी न्यूज

२९, जेठ २०७७
पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने
images

काठमाडौं । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।
सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताए । उनका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रिय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । यससम्बन्धी पूर्ण निर्णय भने विहीवार सार्वजनिक गरिने उनले जानकारी गराए ।
बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ ।
गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०६:१९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology