Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

दैनिकी न्यूज

२९, जेठ २०७७
संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो।

मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई आधार मानिएको छ। योजनामा सामान्य (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) केसका आधारमा प्रतिदिन प्रतिव्यक्ति लाग्ने खर्च अनुमान गरिएको हो।

योजना अनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ। मध्यम केसमा प्रतिदिन १० हजारदेखि करिब २४ हजार लाग्ने अनुमान छ। त्यस्तै गम्भीर अवस्थाका संक्रमितको केसमा प्रतिदिन १९ हजारदेखि ३८ हजार रुपैयाँसम्म उपचार खर्च लाग्ने अनुमान गरिएको छ। यो रकम जनशक्ति, खाद्यान्न र पिपिई जोडेर हो।

यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०८:१२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology