Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार एकै दिन २ सय ५० जना कोरोना संक्रमित थपिए, संक्रमित ४६ सय १४ पुग्यो

बिहीबार एकै दिन २ सय ५० जना कोरोना संक्रमित थपिए, संक्रमित ४६ सय १४ पुग्यो

दैनिकी न्यूज

२९, जेठ २०७७
बिहीबार एकै दिन २ सय ५० जना कोरोना संक्रमित थपिए, संक्रमित ४६ सय १४ पुग्यो
images

काठमाडौ । बिहीबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट २ सय ५० जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ सय १४ पुगेको छ । जसमा पुरुष ४ हजार २८५ र महिला ३२९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २ सय ५० संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमा २३० जना पुरुष र २० जना महिला रहेका छन् ।

पिसिआरबाट १ लाख १५ हजार ९३० र आरडिटीबाट १ लाख ७८ हजार १ सय ४३ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ रहेका छन् । त्यसैगरी आइसोलनमा रहनेको संख्या ३ हजार ७३८ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ८ सय ६१ (पुरुष ७७४ र महिला ८७) जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १८७ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष १७९ र महिला ८ जना रहेका छन् ।

आजसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । आजसम्म १५ जना कोरोनाबाट मृत्यू भएको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १६:२५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology