Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब सवारी साधन जोर बिजोर अनुसार चल्ने, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा सञ्चालन

अब सवारी साधन जोर बिजोर अनुसार चल्ने, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा सञ्चालन

दैनिकी न्यूज

२९, जेठ २०७७
अब सवारी साधन जोर बिजोर अनुसार चल्ने, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा सञ्चालन
images

काठमाडौँ । सरकारले निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।

त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

बैंक, वित्तीय संस्था, सहकारी र विमा सेवा, सरकारी कार्यालय शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने र ती संस्थाका कर्मचारी ओसार्ने सवारी साधनको काम असार १ गतेबाट र अन्य तत्काल लागू हुनेछ । जोर विजोर सवारी सञ्चालनमा सवारी साधनको नम्बर प्लेटमा पछिल्लो दुई अङ्क जोर भएको सवारी साधन जोर गतेको दिनमा र विजोर भएको अङ्क भएको सवारी साधन विजोर दिनमा सञ्चालन हुनेछ ।

शिक्षण संस्थाहरूका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य सङ्घसंस्थाका कार्यालय दुई सिफ्टमा चलाइने बताए । उनका अनुसार विहान ८ देखि १ पहिलो र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।

रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उनले जानकारी दिए ।

सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य मास्क लगाउनुपर्ने र भिडभाड गर्न नपाउने बताइएको छ ।

निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक लहरमा एक जना मात्र राख्न पाउने, चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, यात्रीहरूको मास्क अनिवार्य र यातायातका साधन स्यानिटाइज गरेर मात्र चलाउने पाउने उनले बताए ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - २०:११:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology