Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबारदेखी सवारीसाधनमा जोर -विजोर प्रणाली लागू

शुक्रबारदेखी सवारीसाधनमा जोर -विजोर प्रणाली लागू

दैनिकी न्यूज

२९, जेठ २०७७
शुक्रबारदेखी सवारीसाधनमा जोर -विजोर प्रणाली लागू
images

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार भोलिदेखि जोरविजोर प्रणाली लागु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि काठमाडौँ उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार भोलिदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाईने कुरा जानकारी दिए । उनले जसअनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पाङ्गे सवारी साधन (मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाईने बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ । तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाईने छैन ।

यस अघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र
चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका प्रमुख ढकालले चैत्र ११ गतेदेखि गरिएको लकडाउन पूर्ण रूपमा पालना गरिदिएकोमा काठमाडौ उपत्यका बासी आम नागरिकहरूलाई धन्यवाद प्रदान गरेको छ । साथै उनले शुक्रबारदेखि लागु हुने नयाँ व्यवस्थालाई पनि अनुशासित भई पूर्ण रूपमा पालनाको लागि अनुरोध गरेको छ ।

अत्यावश्यक काम बाहेक जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेकप्वाईन्टमा खट्टिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनले उपत्यका भित्रिने र बाहिरिने
सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - २१:४२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology