काठमाडौँ। शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टमा देशभर ४४८ कोरोना संक्रमित थपिएका छन् ।
४४८ जना संक्रमित थपिए संगै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएका मध्ये ४२४ पुरुष र २४ महिला रहेका छन् ।
देशभर संक्रमितको संख्या ५ हजार ६३ पुगेको छ । जसमा ४ हजार ७०९ पुरुष छन् भने ३५३ महिला रहेका छन् ।
त्यस्तै अहिले सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । हालसम्म देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या भने ८७७ रहेको छ ।
देशभर हालसम्म एक लाख २१ हजार ८६२ पीसीआर परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९२५ पीसीआर परीक्षण गरिएको छ ।
देशरभका क्वारेन्टाइमा एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ४हजार १६९ कोरोना संक्रमित रहेका छन् ।
काठमाडौंमा पुनः एकजना महिलामा सङ्क्रमण
काठमाडौंमा पुनः एकजना महिलामा सङ्क्रमण देखिएको छ । त्यसैगरी, नुवाकोट, तनहुँ, धनुषा, बारा, पाल्पा, गुल्मीमा एक एकजनालाई कोरोना लागेको छ । त्यसैगरी, सर्लाहीमा ५०, रौतहटमा ८६, नवलपरासी पश्चिम २, रुपन्देही १६, प्युठान २, अर्घाखाँची २, सुर्खेत ४५, दैलेख ३८, दाङ ८, कपिलबस्तु ४ जनालाई सङ्क्रमण भएको छ ।
यता, मोरङ २, झापा १३, महोत्तरी १०, चितवन ८, धादिङ २९, सप्तरी १७, उदयपुर ३, सिराहा ११, इलाम ११, सुनसरी १०, पर्वत १३, स्याङ्जा २२, नवलपरासी पूर्व ५, बर्दिया १७, बाँके २ जनासहित ७२ वटा जिल्लामा कोभिड १९ को सङ्क्रमण फैलिएको छ ।