काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका जिल्ला कमिटी सदस्यको कोठामा छापा हानेर प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने २ सय ६० वटा सामग्री बरामद गरेको छ ।
ललितपुर प्रहरीले पक्राउ गरेको विप्लव समूहका जिल्ला समिति सदस्य सानुराज बज्राचार्यको कोठामा छापा हानेर विष्फोटक पदार्थ बरामद गरिएको हो ।
महानगरीय प्रहरी परीसर ललितपुरा प्रवक्ता एपएसी तुल बहादुर कार्कीका अनुसार बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टील बल ९, स्टील बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुई वटा रिमोट सेट बरामद भएका छन् ।
शुक्रबार ललितपुरबाट उनलाई पक्राउ पक्राउ गरेपछि प्रहरीले नेपालटारस्थित घरमा पनि छापा हानेको हो । त्यसक्रममा विप्लव समूहका केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको प्रहरीको भनाइ छ ।
उनीविरुद्ध हात हतियार सम्बन्धी कसूर, राज्यविरुद्धको अपराध लगायतका अभियोग लगाउने प्रहरी तयारी छ ।