Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

दैनिकी न्यूज

३२, जेठ २०७७
कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो
images

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएको छैन।

एनआरएन स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ। डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन्।

समितिले संकलन गरेको तथ्यांकानुसार विदेशमा रहेका १७ हजार ७९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन्। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। संघका अनुसार कोरोना संक्रमणले हालसम्म विदेशमा १२७ तथा नेपालमा १८ जना नेपालीको निधन भएको छ।


सापकोटाका अनुसार नेपालका पाँच हजार ३३५ सहित ३५ देशमा २३ हजार १२७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो। रासस

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १०:०७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology